गुल्मी । खेतमा पानी लगाउने विवादमा छिमेकमाथि हँसिया प्रहार गरी हत्या भएको छ । पानी लगाउने क्रममा विवाद हुँदा लछुमण कुमालले छिमेकीको हत्या गरेका हुन् ।
मुसिकोट नगरपालिका-३ नौघाते बस्ने ४५ वर्षीय कुमालले ४९ वर्षीय मोतीलाल कुमालमाथि हँसिया प्रहार गरेका थिए । आवेगमा हसियाँ प्रहार गर्दा मोतीलालको मृत्यु भएको थियो । हत्यामा संलग्न लछुमणलाई घटनाकै दिन १४ साउन राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले घटनास्थलमा मोतिलालको शव फेला पारको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।