रौतहट । आगलागीको घटनाको अनुसन्धानका क्रममा प्रहरीले चाइनजि पेस्तोलसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका-३ स्थित ३ नम्बर वडा कार्यालय १५ साउन बिहान आगलागी भएको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चन्द्रपुर नगरपालिका-४ कप्तान टोल बस्ने ३० वर्षीय रेहान तामाङ भन्ने रामबहादुर घिसिङ, ३५ वर्षीय मानबादुर बाइबा र ५५ वर्षीय रेवत प्रसाद मैनाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट पेस्तोल एक थान, सोहीको गोली पाँच राउण्ड, कटुवा पेस्तोल एक थान, सोहीको जंगी राउण्ड तीन थान बरामद गरिएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।