Logo

पूर्वराजा ज्ञानेन्द्र र सशांक थाईल्याण्डमा, गोप्य भेटवार्ता !



काठमाडौं, २७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह थाईल्याण्ड गएको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला पनि सपरिवार थाईल्याण्ड प्रस्थान गरेका छन् । ज्ञानेन्द्र बैंकक उडेलगत्तै सशांकपनि बैंकक उडेकोले कतै पूर्वराजा शाहसँग कोइरालाले भेट गर्ने त होईनन भन्ने बुझिएको छ ।

पार्टीभित्र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएकाले सशांकले पूर्वराजा शाहसँग भेट गर्नसक्ने अड्कलबाजी पनि सुरु भएको छ । ज्ञानेन्द्रको थाईल्याण्ड यात्रालाई निकै महत्वका साथ हेरिएको छ । ज्ञानेन्द्र दुई हप्ताका लागि थाइल्यान्ड उडेका छन् । एक महिनाको अन्तरालमा उनी पुनः थाइल्यान्ड उडेका हुन् । यसअघि असारमा उनी बैंकक पुगेका थिए ।

२४ साउनको दिउँसो थाइ एयरवेजको विमानबाट शाह थाइल्यान्ड प्रस्थान गरेका हुन् । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ । त्यहाँबाट शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा छ । नातिनीहरु बैंकमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवत्जावत् बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक सक्रियता बढाएको सूचना सत्तारुढ दलका नेताहरुसम्म पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्