Logo

सन्दीपलाई अमेरिकाले किन भीसा दिएन



काठमाडौं । नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेले आफूलाई भीसा नदिएको खुलासा गरेका छन् । उनले २८ साउन विहान १० बजेर ३८ मिनेटमा ट्वीटरमार्फत् आफूलाई भीसा नदिइएको खुलासा गरेका हुन् ।

टेवीट गर्दै उनले आफूलाई भीसा अस्वीकार गरिंदा आश्चर्यचकित भएको बताएका छन् । उनले भनेका छन्, “राष्ट्रिय क्रिकेट खेलाडी भई देशको प्रतिनिधित्व गरी सन् २०१६ यता विभिन्न लिगमा खेल्दै आएको मलाई भीसा अस्वीकार गरिंदा आश्चर्यचकित भएको छु ।”
उनले त्यसबारे नेपालका प्रधानमन्त्री र अमेरिकी राजदूतावासलाई समेत जानकारी पुग्ने गरी ट्वीट गरेका हुन् ।

क्यारेबियन प्रिमियर लिलिग (सीपीएल) खेल्नका लागि सन्दीप लामिछानेले भीसा आवेदन गरेका थिए । उनी इन्डियन प्रिमियर लिगमा दिल्लीसँग आवद्ध भई दुई सिजन खेलिसकेका छन् ।

सन्दीपको भीसा आवेदन अस्वीकृतिबारे अमेरिकी राजदूतावासले कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिकाले नेपालीहरुका लागि भीसा आवेदनमा कडाई गरेको छ । नेपालीहरुले भीसा आवेदनका लागि १८ हजार नेपाली रुपैयाँ बराबर खर्च गर्नुपर्ने हुन्छ । भीसा अस्वीकृती भए त्यो पैसा फिर्ता आउँदैन ।

विगतमा लोकप्रीय नायक राजेश हमाललगायतलाई पनि भीसा अस्वीकृत गरिएको थियो । अमेरिकाले कतिपय कलाकार र खेलाडी अमेरिका पुगेर आफूसँग गएकालाई छाडेर आउने गरेको विषय उठाउँदै आएको छ । त्यसयता कलाकार र खेलाडीका लागि भीसा कडाई गरेको छ । Photo File

सन्दीपको ट्वीट: Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal



प्रतिक्रिया दिनुहोस्