Logo

अपडेट: रविसहित तीनजनाविरुद्ध किटानी जाहेरी



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको छ । १ भाद्रको अपरान्ह परिवारले किटानी जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

डिएपी बोगटीले भने, ‘किटानी जाहेरी आइसकेको छ । हामीले भर्खर चितवन प्रहरीमा पठायौं । महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत् किटानी जाहेरी परेको र त्यसलाई चितवन पठाइएको हो । डिएसपी बोगटीका अनुसार चितवन प्रहरीले अबको प्रक्रिया अगाडि बढाउनेछ ।

यसअघि ३१ साउनमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई सोही दिन चितवन पुर्याइएको थियो ।

शालिकरामको परिवाले कानुन व्यवसायीसँग परामर्श गरी किटानी उजूरी गरेका हुन् । किटानी जाहेरी पुडासैनी पत्नी सम्झना घिमिरेले गरेकी हुन् । जाहेरीमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीले शालिकराम पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको भन्दै कानुन अनुसार कारबाहीको माग गरिएको छ ।

शालिकरामले आत्महत्या गर्नुअघिको भिडियो फुटेज प्रहरीले फेला पारेको थियो । भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्महत्या गर्न वाध्य भएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्