भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइनस्थित श्रीनाथजी मन्दिरमा पूजा गरेका छन् । बहराइनको भ्रमणमा रहेका उनले २५ अगष्टमा विशेष पूजा गरेका थिए ।
मुस्लिम बाहुल्यको बहराइनमा रहेको मन्दिरमा मोदीले पूजा गर्नुलाई अर्थपूर्ण मानिएको छ । श्रीनाथजीको मन्दिर उक्त क्षेत्रकै पुरानो मन्दिर मानिन्छ । मोदीले ट्वीटमार्फत् मन्दिरलाई भारत र बहराइनबीचको मजबुत सम्बन्धको प्रतिक भनेका छन् ।