Logo

बंगलदेशका बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने



ढाका (एजेन्सी) । बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ । सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ । यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाको हकमा ‘भर्जिन’ (कुमारी), विधवा वा पारापाचुकेमध्ये एउटामा चिहन लाउनुपथ्र्यो । विधवा र पारापाचुके भने कायम राखिएको छ ।
अदालतले ‘भर्जिन’ शब्दलाई अपमानजनक र विभेदकारीसमेत भनेको छ । यसबाट गोपनीयताको हक उल्लंघन भएको पनि ठहर गरेको छ । यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए । बंगलादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन् ।
अन्नपूर्णपोस्ट



प्रतिक्रिया दिनुहोस्