Logo

अमेरिकी सैनिक ड्रोन खसालिदिएको दावी



यमनमा अमेरिकी सैनिक ड्रोनलाई गोली हानिएको छ । ईरानी समर्थक होथी सेनाले मानव रहित ड्रोन, एमयूय ९ रेपर खसालिदिएको दावी गरेको छ । २७ अगष्टको घटनाबारे संयुक्त राज्यको केन्द्रीय कमान्डले उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ।

अमेरिकाले स्थिति खतरनाक हुने चेतावनी समेत दिएको छ । अमेरिकी ड्रोनले मिसाइल प्रहार गरेको कारणले होथी एयर डिफेन्सले अमेरिकी ड्रोनलाई तलार शहरमा गिराएको भनेका छन् । ड्रोन हराएको पुष्टि भएको छ ।

यमनमा सघीय नेतृत्वको गठबन्धनले २०१८ मा कम्तिमा छ वटा घातक हमला गरेको छ जसमा कम्तिमा ४७ यमनी माझीहरु मारिएका थिए । मर्नेमा सात बालबालिका रहेका छन् ।-एजेन्सी Photo Source: Militarytimes



प्रतिक्रिया दिनुहोस्