Logo

बटुवाले भन्दैमा र जुलुश गरेर प्रधानमन्त्री होईँदैन् (भिडियोसहित)



काठमाडौं, १२ भदौ । पत्रकार ऋषि धमलाले हालै प्रहरी हिरासतबाट धरौटीमा रिहाई भएका टिभी प्रस्तोता रवि लामिछानेलाई प्रधानमन्त्री हुनुपर्छ भनेपछि कार्यक्रममा हंगामा भएको छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार धमलाले अब रवि लामिछाने प्रधानमन्त्री हुनुपर्छ भनेर आवाज उठेको छ नि भनेर सोधेको प्रश्नमा नेकपाका राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले हंगामा गरेका हुन् ।

विडारीले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर आवाज उठेको भन्ने प्रश्नमा जंगिँदै भने,‘अब बाटो हिँड्ने बटुवाहरुले के-के भन्छन् ? अरु को-को ले के के भन्छन् भन्नेतिर म जान्न । उहाँ को हो ? भन्नेबारे मलाई कुनै चासोको विषय छैन् । होला, युवाहरुले देश हाँक्नुपर्छ भन्ने कुरामा सत्य छ । हुलहुज्जत र जुलुश गरेर प्रधानमन्त्री होईँदैन् । प्रधानमन्त्री हुने त विधि होला । प्रक्रिया होला । प्रणाली होला । त्यो सिस्टममा आउनुभयो भने उहाँ त हुनुहुन्न होला भनेर कसले भनेको छ र ?’

फरक प्रसँगमा उनले अबको प्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने ठोकुवा गरे । उनले भने,‘अब नेकपाबाट प्रधानमन्त्री बन्ने पहिलो सम्भावना नै अध्यक्ष प्रचण्डको हो ।



प्रतिक्रिया दिनुहोस्