Logo

पाकिस्तानले काश्मीरमा राहुलको अभिमत प्रयोग गरिरहेको भारतीय गृहमन्त्रीको आरोप



कांग्रेस आइ का नेता राहुल गान्धीले अनुच्छेद ३७० को खण्डन गर्न लगाएको बयानलाई पाकिस्तानले संयुक्त राष्ट्रसंघमा लगाएको आफ्नो याचिकामा प्रयोग गरेको भन्दै भारतीय गृहमन्त्री अमित शाहले गम्भीर आरोप लगाएका छन् । उनले पूर्व कँग्रेस अध्यक्षलाई पाकिस्तानले काश्मीरमा राहुल गान्धीको अभिमत प्रयोग गरिरहेको टिप्पणी गरेका हुन् ।

उनले आइतबार भने, ‘केही व्यक्तिले सरकारलाई समर्थन गरे पनि कश्मीरको विशेष दर्जा खारेज गर्ने केन्द्रको निर्णयको विरोध गरिरहेका छन् ।’ राहुल गान्धी को बयान पाकिस्तानमा प्रशंशाको विषय भएको बताए । उनले भने,‘पाकिस्तानले आफ्नो रायमा समावेश गरेको छ ।’ कांग्रेस आइका नेताहरुको भनाइहरु भारत विरुद्ध प्रयोग भइरहेको समेत बताए ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot