Logo

सुरेन्द्र केसीको खुलासा : दिपक मनाङे चार वर्षपछि गृहमन्त्री बन्छन् (भिडियोसहित)



काठमाडौं, १७ भदौ । चर्चित राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले अबको चार वर्षपछि गण्डकी प्रदेशका सांसद दिपक मनाङे गृहमन्त्री बन्ने दाबी गरेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा डा. केसीले यस्तो बताएका हुन् ।

गण्डकी प्रदेशका नेकपाका सांसद मनाङेसँग तपाईले डिनर खानुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् । उनले भने,‘तपाई हेर्नुहोला, अबको चार वर्षपछि दिपक मनाङे यो देशको गृहमन्त्री बन्नुहुन्छ । उनी गृहमन्त्री त हुन्छन् । त्यो भन्दा पहिले मनाङे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्छन् ।’

त्यतिमात्रै होईन, केसीले दिपक मनाङे यो देशको प्रधानमन्त्री बनेपनि कसैले अचम्म नमान्नुपर्ने स्पष्ट पारे । मनाङेलाई कसले गृहमन्त्री बनाउँछन् त ? भनेर सोधेको अर्को प्रश्नमा केसीले भने,‘उहाँलाई मनाङबाट जनताले निर्वाचित गर्छन् । उहाँले माथी बहुमत कमाण्ड गर्नुहुन्छ, अनि गृहमन्त्री बन्नुहुन्छ । विजय गच्छदार र कमल थापा यो देशमा कति चोटी मन्त्री भए त ? भन्दै उनले प्रश्नसमेत गरे ।

उनले भने,‘जनकपुरका सञ्जय साह कसरी यो देशको मन्त्री भए ? मन्त्री हुनु के कुरा छ नेपालमा ?” केसीले आफू प्राध्यापक भएकोले बोलेका कुरामा पूर्ण जवाफदेहिता रहने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्