Logo

किन भेटे प्रचण्डले ज्ञानेन्द्रलाई ? हेर्नुहोस् सनसनीपूर्ण खुलासा (भिडियोसहित)



काठमाडौं, १९ भदौ । नेकपा (माले)का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले आफ्नो पार्टी र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तत्काल एकता नहुने स्पष्ट पारेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव मैनालीले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले सुरुवातमै तपाईको पार्टी नेकपामा विलय हुने कत्तिको सम्भावना छ ? भनेर खरो प्रश्न तेर्साएका थिए । यसको जवाफमा मैनालीले भने,”विल्कुलै छैन । हाम्रो बीचमा कुनै वातचित छैन् । उनीहरुसँग हाम्रो सैद्धान्तिक कुरामा भीन्नता धेरै छन् ।”

उता, महासचिव मैनालीले द्धन्द्धकालिन अवस्थामा पनि प्रचण्ड र बाबुरामको दरबारसँग कुरा हुने गरेको सुनाए । उनले भने, उहाहरुबीच वार्ता तथा कुराकानीहरु भैरहेका थिए । तर, के कति कारणले कुरा मिलेनन ? त्यो त उहाँहरुले नै भन्ने कुरा हो । प्रचण्ड र ज्ञानेन्द्रबीच कुरा भएको छ । तर, वार्ताको माध्यम यो वा त्यो के हो ? त्यो त सेकेण्डरी कुरा हो ।” महासचिव मैनालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञानेन्द्र शाहकै पथमा हिँडेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्