काठमाडौं, भदौ २३ । मोटरसाइकल चलाउदा हेलमेट नलगाएको भन्दै एक जना भारतीय मन्त्री ट्राफिक प्रहरीको कार्वाहिमा परेका छन् ।
सेप्टेम्बर एकदेखि भारतमा लागू भएको नयाँ यातायात व्यवस्था अनुसार मन्त्रीले नियमको पालना नगर्दा जरिवना तिर्नु परेको खवर अहिले भारतीय सञ्चार माध्ययहरुमा भाइरल बनिरहेको छ ।
राजस्थान सरकारका यातायात मन्त्री प्रताप सिंह आफ्नी श्रीमतीलाई मोटरसाइकल पछाडी राखेर सडकमा निस्केपछि ट्राफिक प्रहरीले उनलाई दुई सय भारुको जरिवाना काटेको समाचारमा उल्लेख छ । प्रहरीका अनुसार मन्त्री र उनकी श्रीमतीले हेलमेटको प्रयोग नगरि मोटरसाइकल चलाका थिए ।
अहिले उक्त नियम लागू भएपछि दैनिक एक हजार भन्दा बढीले उक्त प्रकारका कार्वाहि भोग्दै आएको भारतीय प्रहरीले जनाएको छ । भारत सरकारले हेलमेट नलगाएका मोटरसाइकललाई पेट्रोल नदिने नियम पहिलेदेखि नै लागू गर्दे आएपनि उक्त कार्यमा केहि कमि देखिएको थियो ।
बिना हेल्मेट तथा सिटबेल्ट नबाँधि सवारी चलाउदा दुर्घटना बढेका कारण नियम संसोधन गरेर भएपनि उक्त प्रकारका दुर्घटना कम गराउने प्रयासमा केन्द्र सरकार लागेको छ ।