राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी बौद्धिक नेता हुन् । तथ्य र तथ्यांकसहित बोल्ने उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
चिनियाँ राष्ट्रपति नेपाल आउने पक्का भएको हो ?
चीन नेपालको विश्वसनीय मित्रराष्ट्र हो । नेपालीहरुका हरेक सुखदुखमा साथ दिँदै आएको छ । उहाँ नेपाल आउनुहुन्छ भन्ने सबै शाखा छ हामी सबै नेपालीहरु उहाँको स्वागत गर्न आतुर छौं ।
किन नेपाल–चीनबीच उच्चस्तरीय भ्रमण हुन सकेन ?
अब चीनका राष्ट्रपति आउँदैहुनुहुन्छ । नेपाल–चीन उच्चस्तरीय भ्रमण हुनु राम्रो कुरा हो । अब यस्ता भ्रमण निरन्तर हुनुपर्छ ।
तर, चिनियाँ राष्ट्रपति लामो समयपछि नेपाल आउँदै हुनुहुन्छ नि ?
आउँदै नआउनुभन्दा ढिला भए पनि आउनु राम्रो कुरा हो । यसलाई सकारात्मक ढंगले लिनुपर्छ । यो स्वागतयोग्य कुरा हो ।
अब नेपाल–चीन कुनै समस्या छैन ? आपसी समझदारीमा अगाडि बढेको छ ?
अहिले नेपाल–चीनबीच त्यति समस्या छैन । तर, नेपालको व्यापार घाटा चाहिं चीनसँग पनि बढेर गएको छ । त्यसलाई कसरी समाधान गर्ने भन्ने समस्याको रुपमा देखिएको छ । त्यो समाधान गर्न दुवै देशका नेताहरुले चासो लिनुपर्छ । यसमा मेरो दृष्टिकोणमा चीनबाट हामी आयात गछौं निर्यात कम । म अर्थमन्त्री हुँदा २०६० सालमा काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने र त्यहाँ उत्पादित सामान चिनको तिब्बततिर निर्यात गर्ने, त्यस्तै नुवाकोटको विदरमा विशेष आर्थिक क्षेत्र खडा गर्ने र रसुवागढी हुँदै त्यहाँ उत्पादित सामान चीन तिर निर्यात गर्नेगरी यी दुई ठाउँलाई विशेष आर्थिक क्षेत्र खडा गर्नुपर्ने बजेटमा उल्लेख गरेको थियो । त्यसयताका कुनै सरकारले यो कुरा अगाडि बढाएको देखिएन । अहिलेका परराष्ट्र मन्त्रीहरुको वार्तामा पनि यी उठेनन् । यसमा नेपाल सरकारले निकै उपेक्षा गरेको मैले बुझ्न सकेको छैन । दोस्रो नेपालले ऋण लिनुपर्छ अनुदानमा सकेसम्म जानुहुँदैन । यति थान त्रिपाल दिने, औषधि दिने, यो भवन निर्माण गरिदिने जस्ता अनुदान लिनुहुँदैन ।
औषधि दिने, अस्पताल बनाइदिने र नेपाल चिनियाँ भाषा निःशुल्क बढाउने सहमति भएको छ नि ?
एउटा असल मित्रराष्ट्र भएको नाताले अस्पताल भवन निर्माण, औषधि, त्रिपाल र चिनीयाँ भाषा अध्ययनमा अनुदान दिने स्वभाविक हो । तर नेपालले यस्ता अनुदानको अपेक्षा गर्नुहुँदैन । नेपाल हिउँदमा सुख्खा मौसममा बिजुलीको कमी हुन्छ त्यसको लागि कम्तीमा २ सय देखि ५ सय मेगावाटको हाइड्याम्प बनाएर बिजुलीलाई नियमित गर्न सकिन्छ । त्यसको लागि नेपालले चाइनाको बेल्ट एण्ड इनिसेभिट संस्थाबाट नेपालले तिर्न सक्ने गरी ऋण लिनुपर्छ । जसको कारणले दीर्घकालीन काम होस् । यी दुई कुरामात्रै पनि नेपाल सरकारले अगाडि बढाउन सकेको भए आर्थिक विकासका लागि हाम्रो सम्बन्धले धेरै फड्को मार्ने थियो । यो कुरामा सरकारले ध्यान दिँदा दुःख लागेको छ ।
हिजोको महत्वपूर्ण भेटवार्तामा रेलमार्ग र व्यापारघाटाका बारेमा किन कुरा हुन सकेन ?
ठिकै छ, रेलमार्गको लागि लामो समय लाग्छ । तर, व्यापारघाटालाई घटाउन हामीले निर्यातलाई बढाउनतिर जानुपर्छ । अर्को कुरा मै परराष्ट्र मन्त्री हुँदा हो ‘नेपाल–चाइना नन गभरमेन्ट फोरम’ अर्थात् नेपाल चाइना गैरसरकारी आर्थिक सहयोग संस्था भनेर नेपाल र चीनका ब्यापारीहरु बीच संयुक्त आयोग बनाएका थियौं । त्यसले नेपाल र चीनको प्राइभेट क्षेत्रलाई कसरी नेपालको निर्यात बढाउने यसलाई सहुलियत काम नेपाल र चीन सरकारले गर्ने सहमति भएको थियो । त्यसलाई अगाडि बढान चीन सरकारको तर्पmबाट हस्ताक्षेर समेत भइसकेको तर नेपाल सरकारले त्यतातिर ध्यानै दिएन ।
बिआरआई परियोजना नेपाल र नेपालीको लागि आवश्यक छ ?
हामी विश्व बैंकदेखि अन्य संस्थाबाट ऋण लिन्छौं । त्यस्तै डीआरआई इफास्ट्रक्चर बैंक चाइनाले खोलेको छ । त्यस्तै नेपाललाई अहिले चाहिने भनेको हिउँदमा बिजुली, त्यसलाई ड्याम्प प्रोजेका जुरुरी छ । त्यो अनुदान होयन ऋणमै लिनुपर्छ । चाइँनाबाट नेपालका लागि दुईवटा नाकाहरु खुलेका छन् । आजभन्दा १५ वर्षअघि ल्याएको योजनाको आजसम्म कार्यान्वयन हुन नसक्नु भनेको लज्जास्पद विषय हो ।
केरुङ–काठमाडौं रेल आजको आवश्यकता हो ?
यो केरुङ–काठमाडौं रेलवेयको लागि यति ठूलो धनराशीको आवश्यकता पर्छ त्यसको आजसम्म कुनै योजना बनाएको मैले देखेको छैन । गर्न लाग्नु ठिकै हो तर नेपाल–चीन रेल बनाउनु भन्दा केरुङ–काठमाडौं फोरल्यान्डको हाइवेय बनाउनुपर्छ । छोटोमा सुविधा लिइहाल्ने हो भने यही हो । लामो समयको लागि रेल पनि हुनसक्छ । अहिले तत्काल हुँदैन ।
रेलमार्ग कुरा गरिरहँदा चिनीयाँ रेल छिट्टै काठमाडौं आउने सम्भावना छैन ?
रेलमार्गको अध्ययन, अनुसन्धान, सम्बन्ध बनाउनु हुन्छ । त्यसको लागि सबै छोडेर त्यसैमा लाग्नु होइन । ३० वर्षपछि आउने सपनाको विषयतिर लागेर समय खेर फाल्नुहुँदैन । तत्काल आउने÷हुने कुरा गरिहाल्नुपर्छ ।
तत्कालको समस्या व्यापार घटाउनुपर्छ होइन ?
व्यापारघाटा घटाउनका लागि पहिलो विशेष आर्थिक क्षेत्र पाँचखाल र नुवाकोट बनाउने । यसले रसुवा र तातोपानीको नाकालाई प्रयोग गरेर । दोस्रो २ सयदेखि ५ यस मेगावाटको हाइटेन्सन ड्याम बनाउन चीनको इफास्ट्रक्चर बैंकबाट ऋण लिने र तेस्रो केरुङबाट काठमाडौं आउन फोरल्यान्डको हाइवेय बनाएर निर्यात, आयातको व्यापारलाई सुगम बनाउने । यी तीनवटा कुरालाई ध्यान दिने हो भने काम हुन्छ । यस्ता रेल भनेको ५० वर्षसम्म आउँदैन उखान टुक्कामै सीमित हुन्छ ।
वीपी कोइरालाको आज जन्मजयन्ती उहाँलाई कसरी सम्झनुहुृन्छ ?
वीपी कोइराला आदर्श र सिद्धान्तमा आधारित त्यागी नेता हो । उहाँ त्याग, तपस्या र बलिदानीबाट स्थापित महान नेताको रुपमा चिनिहुन्छ । यस्ता मान्छे नेपालको इतिहासमा बिरलै हुन्छन् । वीपी कोयराला एउटा पार्टीको मात्रै होइन देशकै ठूलो सम्पत्ति हो । उहाँ पद र फाइदाभन्दा पनि आदर्शवादी नेता हो । दुर्भाग्य के हो भने उहाँका सिद्धान्त बोक्ने अनुयायीहरुले ती आदर्श, सिद्धान्त, त्याग, तपस्या र बलिदानीलाई पोलेर खाइसके ।