काठमाडौं, ८ असोज । चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले नेकपाले चीन ढल्किएको नीति लिएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले भने,‘हतारमा टिप्पणी गर्नुहुँदैन् । छिपछिपे कुरा गर्नुहुँदैन् । त्यसको अन्तर्य र गहिराईमा जानुपर्छ ।’ मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।