Logo

यसपाली हिलेदशैंको सम्भावना



काठमाडौं, ९ असोज । पहिलेको अनुसार यस वर्षको मनसुनको समय अवधि सकिएकोे छ । दुई दिन अगाडी नेपालको मनसुनको समय अवधि सकिएको हो । तर पनि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै एक साता मनसुन सक्रिय रहने देखिन्छ । फाट्टफुट बर्षा दशैंसम्म रहने महाशाखाको भनाइ रहेको छ । यसबेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ । केही दिन अघि सरेर उत्तर पुग्दा पनि विविध स्थानमा भारी वर्षा भएको थियो ।

यसरी मनसुनी रेखा यताउता सर्ने गर्दा आसपासका क्षेत्रमा हल्कादेखि भारी वर्षा कायम रहने महाशाखाले जनाएको छ । यसमा स्थानीय वायूको प्रभावले थप मदत पुुर्याएको हो । पूर्वदेखि पश्चिमसम्म नै शुक्रवारसम्म वर्षाको सम्भावना रहेको देखिन्छ । मनसुनको मिति लम्बिएको हुँदा यसपालिको दशै हिलेदशैंमा परिणत हुने सम्भावना रहेको मौसम विदको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot