Logo

चिनियाँ राष्ट्रपति आउनुहुन्छ, तर कहिले आउनुहुन्छ म भन्न सक्दिन् : डा. भट्टराई (भिडियोसहित)



काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण निश्चित् भएपनि भ्रमणको मिति भने तय नभएको स्पष्ट पारेका छन् । शुक्रबार राति प्राइम टाईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,”चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने कुरा तय भएको हो । तर, उहाँ आउने मिति कहिले भन्नेबारे टुँगो भएको छैन । तर, त्यो भ्रमण होस भन्ने नेपाली जनताको चाहना छ । भ्रमण गर्नेबारे उहाँहरुले हामीलाई सकारात्मक सन्देश पठाउनुभएको छ । उहाँ आउने निश्चित् भएपछि हामी जनतालाई उपयुक्त समयमा बताउँछौं ।” उनले आफूहरुले भनेको दिनमै चिनियाँ राष्ट्रपति नआउने पनि जिकिर गरे । नेपाल सरकारले अहिलेसम्म चिनियाँ राष्ट्रपति फलानो बेला वा मितिमा नेपाल आउने भनेर कहीँ कतै नभनेको पनि उनले स्पष्ट पारे ।

चिनियाँ राष्टपतिलाई खुशी तुल्याउनको लागि नेकपा वा वर्तमान सरकारले सि विचारधारा नेपालमा लागु गर्न लाग्नुभएको हो भन्ने धमलाको प्रश्नमा उनले आफ्नो असहमति सुनाए । उनले भने,”त्यस्तो गलत कुरा गर्नुहुँदैन् । हामीले सबै विचारधाराबारे छलफल गर्छौं । यो हाम्रो देशको चलन पनि हो ।” महात्मा गान्धीको जन्मययन्ती होस वा माओत्सेको नै किन नहोस नेपालमा छलफल चल्ने गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्