काठमाडौं, १३ असोज । चर्चित लोकदोहोरी गायक बद्री पंगेनीले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समर्थन गरेपछि पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रममै हंगामा भएको छ । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार धमलासँग कुरा गर्दै उनले ५० औं वर्षदेखि निम्न वर्गीय नेपालीहरुको दशैं दुःखमा बित्ने गरेको सुनाएका हुन् ।