Logo

फूलपातीको धार्मिक र ऐतिहासिक महत्व



पण्डित दिनबन्दु पोखरेल: फूलपाती नवदुर्गा भगवतीको उपासनमा गरिने विशेष खालको नवरात्र हो । त्यसमा पनि आज विशेष दिन हो । आजकै दिनबाट नवरात्रको विशेषता उजागर भएको मानिन्छ ।

विशेषतः नेपालमा बडाइँ गरेर फूलपातीको महत्व दर्साउने चलन छ । गोरखा दरबारबाट ल्याएको पूmलपातीमा केरा, दारिम, धान, हलेदो, अशोक, जयन्तीलगायत ९ प्रकारका पातहरु मिलाएर त्यसलाई नव पत्रिका भनिन्छ । यो नव पत्रिकाको पुजन गरी नौवटा देवीहरु ब्रम्हाडी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, अशोकारणी, कार्तिकीलगायतलाई आह्वान गरेर सोह्र सामग्रीले पूजा गरिन्छ । यसमा आरुरी प्रवृत्तिको अन्त्य गर्नका निमित्त स्वयं रामचन्द्र भगवानले पनि पूरा गरेका हुन् । त्यसपछि भगवान शिव, इन्द्र, विष्णुले पनि पूजा गरेका हुन् । जस्तै रामले रावणको बध गर्दा यही समय पारेर नव पत्रिकाले पूजा गरेको पाइन्छ ।

नेपाल एकीकरणपछि त्यसका सुत्रका रुपमा पृथ्वीनारायण शाहले गोर्खाबाट पूmलपातीको प्रारम्भ गरेर धादिङ हुँदै काठमाडौंको वसन्तपुर स्थित तलेजु भवनमा लगेर फूलपातीको पूजाअर्चना गर्ने विशेषता थियो । यसको छुट्टै सांस्कृतिक महत्व पनि छ । यसमा मगर जातिहरुलाई बढी प्रयोग गरिन्छ । मगर जातिका ६ जना व्यक्तिहरुद्वारा काठमाडौंमा फूलपाती ल्याउने सांस्कृतिक प्रारम्पराको विकास गरेको पाइन्छ । पूmलपातीको महत्व खास गरी हाम्रो पूर्वीय दर्शनअनुसार सरद ऋतु भनेको हिलोमहिलो हटेर आनन्दको समय भएको हुन्छ । विभिन्न पूmलहरु फुलेका हुन्छन् । फूलको महत्व दर्साउने उमंगको महत्व बोकेको एउटा ठूलो चाड हो ।

आज गोर्खा दरबारबाट ल्याइएको फूलपाती वसन्तपुर दरबारमा पूजाअर्चना गरिन्छ । टुंडिखेलमा हर्षोल्सका साथ बडाइ गरिन्छ । नौवटा दूर्गतिलाई नास गर्ने भएकाले यसलाई नव दुर्गा भनिएको हो । यसमा नौवटा कुविचारको अन्त्य गर्नका लागि नव दुर्गाको पूजा गरिन्छ । (अन्तवार्तामा आधारित) File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot