Logo

दशैँमा पूजा गरिने मठ मन्दिर बेहुली झैँ सिंगारिए



काठमाण्डौ । नेपालिहरुको महान चाड बडा दशैमा पूजा गरिने मठ मन्दिरहरु सिंगारिएको छ । दशैँ अवधिभर हजारौँ दर्शकको भिड लाग्ने मन्दिरहरु बेहुली झैँ सिंगारिएको हो । मन्दिरमा भक्तजनहरुको पनि उल्लेख्य उपस्थिती देखिएको छ ।

यो काठमाडौं महानगरपलिका स्थित मैतिदेवि मन्दिर हो ।

नवरात्रको पहिलो दिन देखिनै यस मन्दिरमा ग्यानेश्वर चोक बाट डिल्लिबजार चोक सम्म बिजुलि बत्ति, झण्डा, बेलुन, फुल माला, झलर लगायतले झकिझकाउ बनाईएको छ । नेपालिहरुको महान चाड बडादशैको सुरुवात संगै काठमाडौको मैतिदेवी भद्रकाली लगायत बिभिन्न शक्तिपिठहरु सजिएका छन् ।

यसरी सजाईएको शक्तिपिठहरुमा नेपाल र भारतका बिभिन्न स्थानबाट दैनिक २० हजार भन्दा बढी भक्तजनहरु पुजा गर्न आउने गरेका छन् । बेहुली जसरी सृंगारिएका मन्दिरहरुमा बिहान ३ बजे देखी बेलुका ११ बजे सम्मनै भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । भक्तजनको भिडलाई व्यावस्थापन गर्न विभिन्न स्थानीय संघ संस्था सक्रिय छन् ।

त्यस्तै भक्तजनको भिडभाडलाई सहज बनाउन र अप्रिय घट्ना नहोस भन्ने उद्धेश्यले सुरक्षा व्यवस्था पनि मजबुत बनाइएको छ । दुर्गा पक्षको सातौँ दिन फुलपातीको दिन कालरात्रि देवीको पूजा आराधना गरिएको छ । यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ ।

नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।



प्रतिक्रिया दिनुहोस्