Logo

वेद के हो



व्यासाचार्य भुवन गुरु: वेद विश्वको संविधान हो जसले हरेक सजिव मात्रै नभै निर्जीव वस्तुहरुको पनि अपनत्व गरेका छन।

वेद सृष्टिको एक अङ्ग हो जसभित्र संसारको सम्पुर्ण शक्तिहरु विद्यमान छन। हज्जारौं वर्ष अगाडि कुनै बिद्धुतिय इन्धन जस्ता कुनै उपकरण थिएनन्। आगो बाल्न पर्दा तिनै वेदका ऋचाहरु उच्चारण गरेर अग्नि प्रकोप गरिन्थ्यो। त्यसकारण वेद निराकार विज्ञान हो भनेर ग्रन्थहरुले उपाधी दिएका छन।

वेदभित्र खगोल, भुगोल, अन्तरीक्ष, स्वर्ग, मर्त्य, पाताल, तिनै लोक र चौध भुवन, ग्रह, नक्षत्र, तारा, चन्द्रमा, सुर्यको गति र अवस्थित सम्बन्धि सम्पुर्ण ज्ञानहरु उल्लेख गरिएको छ। आयुर्वेद, योग, ज्योतिष (गणित) जस्ता शास्त्रहरु पनि वेदकै स्वरुप र वेदमै आधारित छन।

कुन समय कुन नक्षत्र कुन राशीमा कुन ग्रह स्थित छन त्यो बेलामा कुन वनस्पतिको बोटमा कुन ग्रहको प्रभाव बढी छ, त्यो गणितीय ज्योतिष शास्त्रको ज्ञानद्वारा पहिचान लिइ विरामिहरुले उक्त वनस्पतिलाई प्रक्रिया अनुसार ग्रहण गर्दा भयानक रोगहरु पनि निको हुन सक्ने उत्कृष्ट प्रमाणहरु आज पनि भेटिएका छन। प्रकृतिमा देखिएका हरेक तत्व पदार्थहरु वेदकै स्वरुप हो। त्यसकारण उपनिषद्हरुले वेदलाइ तेस्रो नेत्रको सङ्ग्या दिएका छन।

विश्वमा कहिलेकाहीँ यस्ता अप्रत्याशिक घटनाहरु घटेका हुन्छन। लाखौं करोडौं रकम खर्च गरिसक्दा पनि निको नभएका रोगहरु पनि एउटा वनस्पतिको पत्ता र बोक्राका रस सेवन गर्नाले निको भएका छन। कतिपय रोग जस्तै पिनास, टाउको दुख्ने, छाती दुख्ने जस्ता समस्याहरु छन भने वेदमा त्यसको उपचार छ। वेदले निर्धारित गरिदिएका वनस्पतिहरुको इन्धन दाउराहरुद्वारा अग्नि प्रकोप गरिएको हवन कुण्ड नजिक गै शास्त्रीय पद्धतिद्वारा विविध पदार्थ मिश्रीत चरुले हवन गर्दा त्यो अग्निबाट निस्किएको अदृश्य शक्ति तेज र पुन्ज भाइव्रेसनको प्रभावले यी सम्पुर्ण रोगहरु निवारण हुन्छन। त्यसकारण वेदलाइ जीवन बिज्ञानको धन्वन्तरी मानिन्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot