Logo

चिनियाँ राष्ट्रपति सी काठमाडौँको लागि प्रस्थान



काठमाडौँ, २५ असोज : नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ केही समयपछि काठमाडौँ आउँदै छन् ।

राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी केही घण्टाअघि काठमाडौँका लागि प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आउन लागेका हुन् ।

चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्