Logo

अध्यक्षमा निर्वाचित भएपछि कुमार पन्तले भने : अबदेखि नेपालमा महाधिवेशन गर्दैनौं (भिडियोसहित)



काठमाडौं, १ कार्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संघभित्र राजनीति भएको टिप्पणी गरेका छन् । निर्वाचित भएलगत्तै पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष पन्तले नेताहरु महाधिवेशनस्थल होटलका कोठा कोठामा चारेर संस्थामा राजनीतिकरण गर्न खोजेको गुनासो पोखेका हुन् ।

उनले भने,‘संस्थमा अनावश्यक राजनीतिकरण गर्न खोजियो, सम्मेलनका बेला होटलका कोठा–कोठामा नेताहरू ल्याएर छलफल पनि भए। हामी संस्थालाई राजनीतिकरण गर्न चाहनौं, अबदेखि नेपालमा अधिवेशन गर्दैनौं। अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौं।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्