काठमाडौँ २, कार्तिक : टीभी एसले आफ्नो विनिमय वित्त मेला २०७६ भृकुटी मण्डपमा संचालन गरेको छ । यस मेलामा कुनै पनि कम्पनीको बाइक अथवा स्कूटरको बजार मूल्य भन्दा थप दस हजार बढीको मुल्यांकन हुनेछ । यो मेला कार्तिक १ गते देखि संचालनमा छ ।
यस मेलामा कम्पनीले थुप्रै आकर्षक प्रस्ताव दिएको छ । बाइक अथवा स्कूटर सुन्य प्रतिशत ब्याजदर वा ३० प्रतिशत भुक्तानमा लिन सक्नु हुनेछ । यस साथै तपाईले हेल्मेट ,ब्याग र बाइक कवर समेत प्राप्त गर्न सक्नु हुनेछ । तिहारलाई लक्षित गरि यो मेला कार्तिक १ देखि कार्तिक ५ सम्म चल्ने छ । यस मेलाको आयोजक जगदम्बा मोटर प्रा लि रहेको छ ।
मेलामा अहिले सम्म ६४ वटा नयाँ बाइक र स्कूटर बिक्रि भईसकेको जगदम्बा मोटर प्रा लिका बजार प्रबन्धक नवराज कोइरालाले बताएका छन् ।
तस्बिर : मुकुन्द कालिकोटे