Logo

लक्ष्मीपूजा गर्ने साइतहरु (सूचीसहित)



दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात रोशनीको पर्वू शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो । दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजय दर्शाउँछ ।

यो दिन लक्ष्मीमाताको पूजाको विशेष दिन हो । यस दिन लक्ष्मी पूजालाई महत्वपूर्ण पूजाको रुपमा लिने गरिन्छ । दीपावलीका दिन बत्तीको रोशनीमा लक्ष्मी घरमा आउने मान्यता रही आएको छ ।

श्री रामको अयोध्याका वरपर रहेका मानिसले उनको स्वागतमा घ्यूको दियो बालेर औंसीको कालो रातलाई उज्यालो बनाएको धार्मिक परम्परा रहीआएको छ । त्यसैले यस दिनलाई दीपावलीको प्रकाशोत्सव भन्ने पनि गरिन्छ ।

लक्ष्मी पुजाको साइत

साँझ ६ः४२ देखि ८ः११ बजेसम्म

प्रदोष काल साँझ ५ः३६ देखि ८ः११ बजेसम्म

वृषभ काल साँझ ६ः४२ देखि ८ः३७ बजेसम्म

अमावस्या तिथि आरंभ रातको १२ः२३ बजेसम्म

अमावस्या तिथि भोलिपल्ट विहान  ९ः०८ बजे समाप्त हुनेछ ।



प्रतिक्रिया दिनुहोस्