Logo

लक्ष्मी पूजा गरिदै, देशै झिलीमिली



काठमाडौं, १० कात्तिक । देशभर आज लक्ष्मीपूजा भइरहेको छ । धनधान्यकी देवी लक्ष्मीको घर र कार्यालयमा पूजा गरिदैछ ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले सन्ध्याकालमा लक्ष्मी पूजा गर्नुपर्ने शास्त्रीय निर्णय भएको बताए । उनले भने, ‘लक्ष्मी पूजा गर्न यतिनै बजे भन्ने हुँदैन । जुन दिन सन्ध्याकाल औसी त्यही दिन लक्ष्मी पूजा गर भन्ने शास्त्रीय निर्णय भएकाले आज दिउँसोबाटै औंसी शुरु हुन्छ ।’

लक्ष्मी पूजाले देशभर झिलिमिली भएको छ । घर घरमा वत्ती बालिएको छ भने भैली खेल्नेहरु गीत गाउनुका साथै भैलीरे भट्टाइरहेका छन् ।

लक्ष्मी पूजा गर्ने सन्ध्याकालमा भएको समेत बताए । उनले भने, ‘लक्ष्मी त सन्ध्याकालमा कहाँ–कहाँ सफासुग्घर गरेको छ, त्यहाँ–त्यहाँ घुम्दै हिड्छिन् ।’
लक्ष्मीपूजा दिउँसो गर्दा पनि हुने तर लक्ष्मी सन्ध्याकालमा आउने धार्मिक विश्वास सुनाए ।

लक्ष्मीले सबैको घरमा बास गर्नुपर्ने हुन्छ भन्दै लक्ष्मीको आवश्यकता हुने बताए । उनले भने, ‘मानिसको जीवनमा भौतिक उन्नतिको लागि लक्ष्मीको आवश्यकता पर्दछ ।’



प्रतिक्रिया दिनुहोस्