Logo

आज भाइटीका



काठमाडौं, १२ कात्तिक । यमपञ्चकको अन्तिम दिन आज भाइटीका । मध्यान्नकालमा भाइटीकाको साइत परेको छ ।

दिदीबहिनीले दाजुभाईको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै सप्तरंगी टीका, मखमली र सयपत्री फूलको माला लगाइदिएर टीका लगाइदिने प्रचलन रहिआएको छ ।

भाइटीबारे पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम के भन्छन्ः

भाइटिका लगाउने मध्यान्नकालमा हो । कुनै पनि कर्मकालमा तिथि हुनुपर्छ । भाइपूजाको कर्मकाल भनेको मध्यान्नकाल हो । मध्यान्नकाल समान्य हिसाबले ६ घडीको हुन्छ । सकेसम्म त्यो ६ घडीभित्र टिका लगाउँदा राम्रो हुन्छ । सकेसम्म मध्यान्नकालमा लगाउन त्यस्तो अनुकूल मिलेन भने दिनभरी नै साइतको दिन हो भन्ने छ ।

विशेषगरी राज्यका ठूला–ठूला ओहदामा बस्नेहरुको लागि साइतको आवश्यकता पर्छ । नेपाल देवभूमि भएकाले राज्य सञ्चालनका लागि दैविशक्तिको आवश्यकता पर्ने हुनाले साइतको आवश्यकता भएको हो । यो देउतैदेउताको देश हो । सबै क्षेत्र जस्तो पाश्चात्य मुलुकहरुमा साइतको आवश्यकता पर्दैन । नेपाल भनेको देवोभूमि, आर्यतपोभूमि भएको हुनाले हाम्रा ऋषिमुनिहरुले साइतको आवश्यकता महसुस गरेका हुन् ।
File Photo



प्रतिक्रिया दिनुहोस्