Logo

दाजुभाई दिदीबहिनी नहुनेले भाइटीका कसरी गर्ने



काठमाडौं, १२ कात्तिक । दाजुभाइ दिदीबहिनी नहुनेलाई ‘प्रतिपद्मा भगिनी’ भन्ने गरिन्छ । दाजुभाइ दिदीबहिनी नहुनेले बनाएर पनि टिका लगाउनुपर्छ ।

हाम्रो शरीर यमराजसँग सम्बन्धित छ । आत्मा त बाँचिनै रहन्छ, जीवन दिबंगत भएपछि हाम्रो आत्मा यमराजसँग सम्बन्धित हुन्छ । हाम्रो आत्मा यमराजसँग सम्बन्धित भएको हुनाले यमपञ्चकमा यमराजलाई प्रशन्न बनाउने बेला हो । त्यसकारण भाइटिकाले दिन यमराज, धर्मराज, चित्रगुप्त, यमुनालगायत सबैको पूजाअर्चना गर्नुपर्ने हुन्छ । यसमा ‘हे यमदेव, ‘हामी दिवंगत भइएपछि तिम्रो यातना खेप्नुनपरोस्, त्यसबखत सुखशान्ति प्रदान गर’ भन्ने भावनाले विशेष गरेर यसलाई यमपञ्चक भनिएको हो ।

त्यसैले खास यमपञ्चक १२ गतेसम्म मात्रै हो । यमपञ्चक सकिएपछि भाइपूजा गर्ने । शास्त्रअनुसार यमपञ्चक १२ गते मंगलवार सकिन्छ । यो यमराजसँग सम्बन्धित भएकाले भाजुभाइ, दिदीबहिनी नहुनेले पनि बनाएर भएपनि यमराज, अष्ट चीरञ्जीवीको पूजा गरेर टिका लगाउनुपर्छ भनेको हो ।

(भाइटीकाबारे पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम)



प्रतिक्रिया दिनुहोस्