विहेको प्रसंग आउँदा केटीहरु उत्साहित हुने गर्छन् । गरगहना, राम्रो कपडाको श्रृगारमा उनीहरु रमाउने गर्छन् । तर गरगहनाको मुल्य आकाशिएपछि समाजमा गरगहना न्यूनीकरण भएको देखिन्छ । विश्वभरमा गरगहनाको मूल्य आकासिँदा पाकिस्तानमा टमाटरको मूल्य पनि आकासिएको छ ।
टमाटको मूल्य बढेको कारण एक दुलहीले आफ्नो विहेमा गरगहनाको साटो टमाटर लगाएर बसेको देखिन्छ । उनको टमाटर लूकको साथमा पाकिस्तानी टेलिभिजनले लिएको अन्तरवार्ता सामाजीक सञ्जालमा भाइरल भएको छ । साढे दूई मिनेटको भिडियोले चर्चा बटुलेको छ ।
पाकिस्तानमा टमाटरको मूल्य तीन सय रहेको कारण उनले गरगहना छाडेर टमाटर लगाउने निर्णय गरेको बताइन् । मानिसहरुले दुलहीलाई पाकिस्तानको सबैभन्दा धनि महिलाको संज्ञा दिएका छन् । Photo Source : The Indian Express
Tomato jewellery. In case you thought you've seen everything in life.. pic.twitter.com/O9t6dds8ZO
— Naila Inayat नायला इनायत (@nailainayat) November 18, 2019
Photo Source : The Indian Express