Logo

ब्लू ह्वेलको मुटुको धड्कन रेकर्ड



पहिलो पटक विज्ञहरुले स्तनपायी जीव ब्लू ह्वेलको धड्कन रेकर्ड गरेको छ । इलेक्ट्रोनिक सेन्सर सक्सन कप ब्लू ह्वेलको शरीरमा जडान गरेरै धड्कन रेकड गरेका हुन् ।

ब्लू ह्वेलले खानाको लागि डाइभ दिने क्रममा आफ्नो धड्कनलाई कम गरेर एक मिनेटमा दुई पटक मात्र धड्किने गराउँछ । ब्लू ह्वेलले आफूले चाहे बमोजिम धड्कन बढाउन र घटाउन सक्दछ । ब्लू ह्वेलको उच्च धड्कनको गति एक मिनेटमा २५ देखि २७ बिट धड्कने गर्दछ ।

यस्तै प्रकारको प्रयोग विज्ञहरुले पेंगुइन र कैद ह्वेलकै परिक्षण गरेको थियो । धड्कन मापन गरेर ब्लू ह्वेलको अवस्थालाई अध्यन गर्न सजिलो भएको विज्ञहरु बताँउछन् ।

ब्लू ह्वेलले स्वतः आफ्नो वातावरण परिवर्तन गर्ने क्षमता राख्दछ । यसकारण ब्लू ह्वेलको आहारमा असर पुग्दछ । यस्ता प्रकारको स्तनपायी जीवको संरक्षण गर्न विज्ञहरुले परिक्षण गरेको जनाइएको छ । ब्लू ह्वेल करिब तीस मिटर लामो समेत हुन सक्दछ । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्