हलिउडकी चर्चित गायिका लिज्जो एक अमेरिकन अवार्डमा पुगिन् । त्यहाँ उनले स्टेजमा सानदार प्रस्तुती दिइन् । तर, उनको प्रस्तुति भन्दा बढी रातो कार्पेटको चर्चा भयो । उक्त स्टेजमा उनले सुन्तला रङको मिनि पोशाक लगाएकी थिइन् ।
पोशाकभन्दा पनि पर्सको चर्चा भयो । उक्त पर्स सेतो रङगको र धरै सानो पनि थियो । रेड कार्पेटमा ३१ वर्षिय गायिका लिज्जो आफ्नो वजन र युनिक स्टाइलका कारण चर्चामा रहिरहिन् । उनी आफ्नो बढ्दै गएको वजन र सानो पर्सलाई लिएर चासोमा परिन् ।
लिज्जोतर्फ धेरैको ध्यान जाँदा पर्सबारे चासो भयो । लिज्जोले सेतो रङगको स्टेप्स हिल लगाएकि थिइन । उनी अरु भन्दा निकै आर्कषित देखिएकी थिइन् । उनको लुक स्टाइलिस्ट मार्को मोनरोले गरेका थिए । त्यस अवार्ड कार्यक्रममा लिज्जोले आफ्नै एल्बम बिकज आई लव यु गाएकी थिइन् । Photo Source : Kptv.com