Logo

सुनको मूल्य बढेको बढ्यै



काठमाण्डौँ १८ मंसिर । सुनको मूल्य प्रतितोलामा आठ सय रुपौयाँले वृद्धि भएको छ । मंगलबार ७१ हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सयले बढेर प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७१ हजार नै सय रुपैयाँमा कारोबार भ्इरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर आठ सय ६५ रुपैयामा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्