हात्तीमा अत्यधिक स्मरण शक्ति हुन्छ । यसले धेरै पहिलाको पनि सुचनाहरु पनि सम्झन सक्छ । हात्तीले पहिला आफुले हिडेका बाटोहरु सधै सम्झन्छ । यस्तै भारतमा रमाइलो दृश्य देखिएको छ हात्तीले आफु र आफ्नो परिवार हिडाउनको लागि राष्ट्रिय राजमार्गको बार भत्काएको छ । उक्त भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।
उक्त भिडियोमा एउटा पोथी हात्तीले उसको परिवारको सदस्यलाई राजमार्गको बाटो तोडेर सडक पार गर्न बाटो बनाएपछि अरु हात्तीहरु पनि एक एक गर्दै सडक पार गरेको देखिन्छ ।
यो दृश्य कोइम्वर मेट्टुपलायम राष्ट्रिय राजमार्गको हो । उक्त समयमा दुबै साइडको गाडीहरु रोकिएका थिए ।
Leadership is about responsibilities.
A female #elephant clears the way for other five #elephant family members to cross busy Coimabtore to Mettupalayam national Highway. Elephants never forget their routes. Forwarded by friend. pic.twitter.com/bUazhc4aCj
— Parveen Kaswan (@ParveenKaswan) December 3, 2019