काठमाण्डौ, मंसिर २४ । १३ औँ दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको समापनका कारण आज जोर नम्बरका सवारी मात्र चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।
रिङरोड भित्रका सडकमा जोर नम्बरका सवारी नचलाउन तथा ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको महाशाखाले सुचना जारी गरेको छ ।
यसअधि सागको उद्घाटनको दिनपनि महाशाखाले जोर बिजोर प्रणाली लागू गरेको थियो । उक्त दिन नियमको अवज्ञा गर्ने केहि मोटरसाईकल चालकसहितलाई कारबाही गरिएको थियो । आफ्नो सवारीलाई टुडिँखेलमा पार्किङ गर्नपनि महाशाखाले अनुरोध गरेको छ ।