पानीमा आहार शिकार गर्न खोज्दा एउटा चील अक्टोपसको झण्डै शिकार बन्यो । अक्टोपसलले चीललाई च्याप्प पारेर बेर्यो । बेरेर पानीभित्र डुबाउन खोज्यो ।
यत्तिकैमा डुंगामा रहेका किसानहरुले चीललाई बचाउन अक्टोपसलाई लठ्ठीले चलाउन थाले । लठ्ठीले घोच्न थालेपछि पनि अक्टोपसले हत्तपत्त छाडेन । अन्तमा धेरै पटक घोचेपछि अक्टोपसले चीललाई छाड्यो । चील विस्तारै पानी बाहिर आयो । चीलको ज्यान जोगियो ।
यो घटना क्यानडाको भ्याकुभर टापुमा भएको हो । सालमन किसानहरुको एउटा समूहले चीललाई बचाउन सके ।
पाँच मिनेटसम्म किसानहरुले अक्टोपसको शक्ति हेरिरहे । प्रकृतिको लीला भन्दै कुनै हस्तक्षेप नगर्ने कि भन्ने सोचे । तर, चीललाई डुबाउन लागेपछि मात्र उनीहरुले हस्तक्षेप गर्ने निर्णय गरे । चीलको ज्यान गोलाइदिए ।- एजेन्सी