अमेरिकाको क्यालीर्फोनियामा पिरामिड आकारको घर देखिन्छ । यो हेर्दा चक्कर नै लाग्छ, टाढाबाट त झन अचम्मको पिरामिड नै लाग्छ । तर पिरामिड नभएर यो घर नै हो । हेर्ने जतिले यो घरलाई अरे वाह भन्छन । यो प्रशान्त महासागरको नजिकमा बनाएका घरको आफैमा अद्भुत लाग्छ । यसको डिजाइन सबैभन्दा फरक छ ।
बाहिर हेर्दा सानो र साधारण लागे पनि भित्र धेरै राम्रो छ । यो घरमा कुनै चिजको कमि देखिदैन । घरमा हुने सबै सामान यहाँ भेटिन्छन । यो घर सुन्दर बनाउन मालिकले कुनै कसर बाँकी राखेका छैनन् । बाहिरको डिजाइन एकदम फरक र भित्र विल्कुल घर जस्तो छ । यसको घरको मालिकले घर बेच्नको खोजेका छन् । यो घरको मुल्य तीन हजार डलर राखेका छन् ।