महिलाको सुन्दर देखिनुमा परेलाको पनि ठुलो हात रहन्छ । परेलालाई विभिन्न तरिकाले श्रृगारेर सुन्दर बनाउन सकिन्छ । परेला जति लामो हुन्छ त्यति नै महिलाहरु सुन्दर हुन्छन् ।
यस्तै लामो परेलाको कारण एक महिला चर्चामा रहेकी छिन् । जिआनजिया नामकी महिलाको परेला १२.४० सेमी छ । यति लामो परेला भएकी यी महिला नै पहिलो हुन् । परेला एउटा उमेरमा मात्र बढ्ने हुन्छ , तर जिआनजियाको बढेका परेला भने अपवाद नै हो ।