Logo

नेकपा र राजपा नजिकिएपछि प्रदेश दुईको समिकरण फेरिदै



काठमाडौं, ४ पौष । राजनीति सम्भावना नै सम्भावनाको खेल हो । अहिले त्यही सम्भावनाले प्रदेश दुईको राजनीतिक समीकरण बदलिने अवस्था बनेको छ ।

कुनैबेला प्रधानमन्त्री केपी शर्मा ओली र मधेश केन्द्रित नेता राजेन्द्र महतोबीचको दूरी सबैभन्दा टाढा थियो । दुवै नेताबीच एक अर्कालाई कटु आलोचना गर्थे । नाकाबन्दीको बखत ओली महतोलगायतको कटु आलोचनामा केन्द्रित रहे । महतोले पनि ओलीको निकै आलोचना गरे । उनी नाकाबन्दीमा मुख्य नेता जसरी प्रस्तुत भए ।

अहिले राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो छन् । यही बखत ओली र महतोबीच सम्बन्ध नजिकिएको छ । नेकपा र राजपाबीच राष्ट्रिय सभा निर्वाचनमा समिकरणको सहमति बनेको छ । राजपा नेकपासँग नजिकिदै गर्दा उपेन्द्र महतो नेतृत्वको समाजवादी पार्टी नेकपासँग टाढिदै गएको छ । यादवलाई ओलीले सरकारबाट हटाउन मात्र बाँकी राखेका छन् । स्वास्थ्यबाट कानुन मन्त्रालयमा धकेलिदिएका छन् ।

प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउत समाजवादी पार्टीका हुन् । पछिल्लो समय नेकपा र राजपाबीचको एकताले प्रदेश दुईमा सत्ता समिकरण बदलिने अवस्था बन्न थालेको छ । यसो भएमा राजपाले मुख्यमन्त्री पाएर नेकपासँग मिलेर सरकार बनाउने सम्भावना रहन्छ ।

नेकपा र राजपाबीचको एकतासँगै सभामुख र उपसभामुखमा समेत सहमति बनाउने प्रयास भइरहेको छ । एउटा पक्ष महन्थ ठाकुरलाई सभामुख बनाउन सक्रिय छ । त्यो सम्भव नभए उपसभामुख भएपनि लिन प्रयास गर्नुपर्नेमा राजेन्द्र महतो सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot