Logo

वाही वाही पाएर गए डिएसपी गौतम मिश्र



उनी १४ महिने कार्यकाल पूरा गरी सरुवा भएर गए । सरुवाको खबरले स्थानीयलाई दुःखी बनायो । त्यसैले उनले बिदाईका कार्यक्रमका लागि मात्र १० दिन छुट्याउनुपर्यो । उनी हुन् डिएसपी गौतम मिश्र ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोमा गत वर्ष सरुवा भएर आएपछि उनले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाए र वृत्त अन्र्तगतका इलाकाहरुमा शान्तिसुरक्षा कायम गर्न अहोरात्र खटिए । आफै फिल्डमा खटिएर काम गरे ।

सामाजिक काममा पनि मिश्र दत्तचित्त भएर खटिए । शनिबार र बिदाको दिन झन् बेफुर्सदिलो भएर काम गरे । समुदाय प्रहरीबीचको सम्बन्ध अझ मजबुत बनाउन उदाहरणीय काम गरे । त्यसैले प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीसम्म डिएसपी गौतम मिश्रको कामको प्रशंशा भयो ।

मिश्र सरुवा भएको जानकारी पाएपछि उनलाई फूलमाला र खादा लिएर बिदाई भेटका लागि जाने स्थानीय समाजसेवी, नागरिक अगुवा देखि राजनीतिक दलका नेता कार्यकर्ता सम्मको ओइरो लाग्यो । स्थानीय विद्यालय, कलेज देखि समाजिक संघ संस्थाले समेत बिधाई कार्यक्रम राखे । वृद्धवृद्धाले मिश्रलाई सधै सफल र सुखी हुनु भनेर आशिर्वाद दिए ।

मिश्रले आफ्नो स्थानमा आएका डिएसपी मित्रबन्धु शर्मालाई क्षेत्रको वस्तुस्थितिबारे वृस्तृत जानकारी गराएर गए । शान्तिसुरक्षाका चुनौती र सामाजिक अवस्थाबारे व्याख्या गरेर काम गर्न सहज बनाइदिए ।

बारा खटिएका डिएसपी मिश्रलाई महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले पनि सफलताको शुभकामना दिदै बिदा गरे । कार्यकाल सफल र सार्थक बनाएर गएका मिश्रलाई बिदा गर्नुपर्दा स्थानीय समाजसेवी देखि नागरिक समाजले खल्लो महशुश भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्