Logo

जुम्ल्याहा बच्चाको बाबु फरक फरक



एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । ती जुम्ल्याहा बच्चाको बाबु फरक फरक भएको डिएनए जाँचबाट पुष्टि भएको छ ।
घटना चीनको हो । ती महिलाका पतिले पत्नीमाथि शंका गर्दै डिएनए जाँच गराएका थिए । उक्त जाँचमा फरक फरक किसिमको अनुवांशीक रिर्पोट आएको थियो ।

यस्तो रिर्पोट आएपछि झन डाक्टर देखि महिला, पुरुष सबैजना अचम्म्म मानेका थिए । उक्त रिर्पोट मान्न ती महिला तयार भइनन् । तर, उनी रिपोर्ट मान्न बाध्य भइन र साचो कुरा बाहिर ल्याइन् । ती महिलाले एक रात परपुरुषसंग सम्बन्ध राखेको र दुवैजनासंग एकैदिन सम्बन्ध राखेको प्रमाणित भएको छ ।

डाक्टरहरुले पनि यस्तो घटना धेरै कम हुने बताएका छन् । उनीहरु पनि अन्योलमा परेका छन् । अहिले उनका पतिले दुइटै बच्चा स्वीकार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्