सर्पदेखि सबैलाई डर लाग्छ अझ विषालु सर्पको त कुरै नगरौ । टाढाबाट देखियो भने पनि डराउँछौ । सर्पलाई लिएर एउटा विशेष घटना भएको छ । विहारको समस्तिपुरमा एउटा गजबको घटना घटेको छ ।
एउटा विषालु सर्पले एक पुरुषलाई टोकेको थियो । उनलाई टोक्दा बित्तिकै उनले आफ्नी श्रीमतीलाई टोकेका थिए । ती पुरुषको अन्तिम इच्छा थियो आफ्नो श्रमितीसंग संगै मर्ने । त्यसकारण आफुलाई टोक्ने बित्तिकै तुरुन्त श्रीमतीलाई डसेका थिए । दुवैजनाको शरीर संगै मर्ने र संगै जल्ने चाहना पूरा गर्न उनले त्यसो गरे ।
आफ्नो श्रीमानले डसेकी ति महिला भने बाँच्न सफल भएकी छिन । तर श्रीमान भने बाँचेनन् । सर्पले टोक्ने पुरुषको नाम शंकर राय हो । उनले श्रीमतीलाई अत्यधिक माया गर्थे र उनको साथ मर्न चाहान्थे ।
उनकी पत्नि अमीरी देवीले पतिको अन्तिम इच्छा संगै मर्ने रहेकोले,आफ्ना पतिले जबरजस्ती नगरेको आफुले नै हात दिएको बताएकी छिन् ।