Logo

पाँच वषर्को छोराले गर्यो बाबुको फैसला



सबै बच्चाको लागि आफ्ना बाबु हिरो हुन्छन् । बच्चाको नजरमा आफ्नो पिता कहिले पनि गलत हुन सक्दैनन । न त कहिल्यै पितालाई कुनै सजाँय पाउँछन् जस्तो लाग्छ । तर अमेरिकाको रोड महाद्धिपमा न्यायाधिसले एक आरोपी पितालाई ५ वर्षको बच्चाबाट फैसला सुनाउन लगाएका छन् ।

बच्चाको बाबुलाई कार पार्कीङ गर्ने क्रममा नियम उल्लंघन गरेको आरोपमा सजाय सुनाएको थियो । सजाय सुनाउने दिनमा आरोपीत व्यक्तिले आफ्नो सानो बच्चा साथमा लगेका थिए । त्यो बच्चामाथि न्यायाधिसको आँखा गयो र को हो भनी उनले सोधे । आरोपित व्यक्तिको छोरा भन्ने थाहापाएपछि न्यायाधीशले बाबुको र्फैसला सुनाउन लगाए ।

ती उनले तिनका छोरालाई ३ विकल्प दिएर प्रश्न सोधेका थिए । पहिलो तिम्रो पितालाई ९० डलरको सजाय , दोश्रो ३० डलर र तेश्रोमा बिना फाइन नै छाडीदिउँ भन्ने प्रश्नमा ती ५ वर्षे बच्चाले ३० डलर को जरिवाना लगाइदिन आग्रह गरे । त्यहा उपस्थित सबै दर्शकहरु हासेका थिए । ती बच्चाको जबाफ सुनेर न्यायाधीश पनि छक्क परेका थिए । उनका पितालाई सजाय दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्