Logo

तीन वर्षसम्म मालिक्नीलाई पर्खिरहेको यो कुकुर



कुकुर वफादार हुन्छ । इमानदार हुन कुकुरबाट सिक्नुपर्छ । पछिल्लो दिनमा दक्षिण कोरियाको एउटा बफादार कुकुरको बारेमा निकै चर्चा भएको छ ।

त्यो कुकुरको नाम फु शि हो । पछिल्लो तीन वर्ष यता यो कुकुर एउटा घरमा आफ्नो मालिक्नीलाई पर्खिएर बसिरहेको छ । एउटी महिलाले फु शिलाई आफ्नो घर लिएर आएकी थिइन् । ती महिलाको साथमा केही समय फु शि बस्यो । एकदिन अचानक महिलाको स्वास्थ्य बिग्रिएकाले उनलाई अस्पताल भर्ना गरियो र उनको ब्रेन हमेरेजको कारण मृत्यु भयो । आफ्नो मालिक्नीको मृत्यु भएको तीन वर्ष भइसकेको छ तैपनि फु शिले पर्खिरहेका छन् ।

फु शि हरेकदिन घरको तल जान्छन गल्लीतिर हेरेर ती महिलाको पर्खाइमा बस्छन् । उक्त महिलाको चिन्ताले खानपनि समेत गरेका थिएनन् । उ प्राय: जसो उदास रहन्थ्यो । फु शि बिरामी भएपछि भेटेनरी डाक्टरको लगेपछि थाहा भयो । उस्को आत्मामा धरै पिडा भएको कारण थप बिरामी भएको पुस्टि भयो । फु शि लाई केहि दिनको उपचारपश्चात ठिक भयो र नयाँ घरमा नयाँ परिवारको साथमा उसको नाम पनि नयाँ नै राखियो ।



प्रतिक्रिया दिनुहोस्