Logo

श्रीमतीले रात्री भोजको तस्बिर देखेर श्रीमान्ले दिए छोडपत्र



आजभोली सामाजिक सञ्जाल जीवनको अभिन्न अंग जस्तै भएको छ । यतिसम्म कि हामीले खाएको, घुमेको हाम्रा हरेक कृयाकलाप सामाजिक सञ्जालमा सेयर गछौ । तर, एक पत्नीलाई फोटो सेयर गर्दा अप्ठ्यारो परेको छ । खानाको फोटो सेयर गर्दा पतिसँगको सम्बन्ध नै टुटेको छ ।

जोर्डनमा बस्ने एक जोडीलाई सानो कुराले विवाहित सम्बन्ध टुटाइदिएको छ । पत्नीले एक लक्जरी होटलमा रोमांटिक डेटको आयोजना गरेकी थिइन् । दुवैजना रेष्टुरेन्टमा पुगे । टेबल स्वादिष्ट व्यञ्जनले भरिएको थियो । पत्नी स्वादिष्ट व्यञ्जन खानुको सट्टा फोटो खिच्न थालिन् । उक्त फोटो सामाजिक सञ्जालमा अपलोड गर्नका लागि उनले खिचेकी थिइन् ।

उता श्रीमानलाई भने धेरे भोक लागेको थियो । उनले पटक पटक खानको लागि हात बढाउँथे तब श्रमितीले रोकीदिने गरेकी कारण श्रीमान्लाई रिस उठेर झगडा गर्न थालेका थिए । यी दुईृको झगडाले ठुलो रुप लियो र उसका पतिले उक्त रेष्टुरेन्टमा नै सम्बन्ध बिच्छेद गरेका थिए । खानाको विल पनि चुक्ता नगरी उनका श्रीमान हिडेका थिए ।



प्रतिक्रिया दिनुहोस्