Logo

विमानमा नै राखे प्रेमिकालाई प्रेमप्रस्ताव



हरेक युवतीको चाहाना हुन्छ की आफ्नो प्रेमिले फरक तरिकाले प्रेम प्रस्ताव राखोस् । प्रेम प्रस्ताव राख्नलाई न कुनै विषेश ठाँउ र विषेश समय चाहिदैन भन्ने विमानका चालकले प्रमाणित गरिदिएका छन् । एउटा पाइलटले आफ्नो प्रेमिका एयर होस्टेसलाई विमानमा नै प्रेम प्रस्ताव राखेका थिए । यो देखेर फ्लाइटमा बस्नेहरुले ताली बजाएका थिए ।

ती विमानका चालकले एयर होस्टेसलाई धेरै समयदेखि मन पराएको र प्रस्ताव राख्ने उपयुक्त समय खोजिरहेको बताएका थिए । उनले आफ्नी प्रेमिकालाई सरप्राइज दिन चाहेको जानकारी दिएका थिए । अरु ठाँउमाभन्दा उडीरहेको जहाजमा प्रेम प्रस्ताव राख्नु रमाइलो भएकोले विमान नै रोजेको बताए ।

यति राम्रो प्रस्तावको साथमा आफ्नो प्रेमिकालाई आफ्नो माया व्यक्त गरेका छन् । फ्लाइटमा बसेका एक यात्रीले उनीहरुको खुशीमा भिडियो बनाएका थिए । सामाजिक संजालमा सेयर गरिएको उक्त भिडियो भाइरल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्