Logo

आफ्नो उमेर भन्दा १० वर्ष जवान देखिने पुरुष



हरेक व्यक्तिको इच्छा जवान देखिने हुन्छ । कसैले चाहेर पनि जवान देखिन सक्दैनन् भने कोही भने जन्मजातै सानै देखिन्छन् । तोकिस्लेव ज्युरेक २३ वर्षका भए उनलाई हेर्दा १० वर्षको जस्तो लाग्छ । उनको शरीरमा कुनै रोग भने छैन ।

हाम्रो शरीरको विकास पीयुस ग्रन्थि जस्तो पिट्युटरी ग्रन्थिबाट हुन्छ । यो मस्तिष्कको नजिक हुन्छ । यो उमेरको साथसाथै पनि विकास हुन आवश्यक हुन्छ । यो ग्रन्थि एउटा केराउको दानो जत्रो हुन्छ ।

ज्युरेक पिटयु्टरी ट्युमरबाट पीडित भएका थिए । १० हजार व्यक्तिमा कोहि एकमा हुने गर्छ । यो रोग लागेपछि मानिसको उँचाई बढ्न पाउँदैन । ज्युरेकको शरीरमा अन्य कुनै रोग थिएन । उनी आफ्नो शरीर देखेर निकै खुशी छन् । यो भन्दा पहिला यसतो विरामी चीनको एउटी बच्चामा देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्