Logo

यी आमाले कोमामा जन्माइन् बच्चा



एउटा बच्चाको जन्म दिनासाथ आमाको पनि अर्को जन्म हुन्छ । बच्चा जन्माउँदाको पिडा त्यो आमालाई मात्र थाहा हुन्छ । एउटी आमालाई सामान्य अवस्थामा त निकै ग्राहो हुन्छ बच्चा जन्माउन । कोमामा भएकी एउटी महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । यो घटना अजेन्टिनाको अमीलिवा बैनन नाम गरेकी महिलाको हो । यीनलाई देखेर डाक्टर पनि अचम्ममा परेका छन् ।

अमीलिवा एक अफिसर हुन । यीनी साथीसंग बाहिर निस्कदा भयानक कार दुर्घटनामा परेकी थिइन् । उनको टाउकोमा गहिरो चोट लागेर कोमामा गएकी हुन् । यीनी गर्भवती रहेको डाक्टरले बताएका थिए । कोमामा लानुअघि उनलाई प्रसुतीको मौका दिइरहेका थिए ।

५४ दिनपछि कोमामा यीनले बच्चाको जन्म दिएकी हुन् । बच्चाको रेखदेख उनकी बहिनीले गरेकी थिइन् । समय समयमा उक्त बच्चालाई अस्पताल ल्याउने र आमाको साथमा राख्ने काम बहिनीले नै गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्