चीनको एक बाबुले आफ्नी दुई वर्षकी छोरीलाई दैनिक जस्तो शव गाड्ने खाल्डोमा लगेर सुताउँछन् । उनले आफुले खनेको खाल्डोमा छोरीको मृत्युको पर्खाइमा दिन बिताइरहेका छन् ।
ती बाबुको नाम झांग लियाओंग हो । आफ्नी छोरी धेरै नबाँच्ने थाहा पाएपछि उनले आफैले शव गाड्ने खाल्डो खनेका थिए । उनले यो खाल्डो आफ्नो छोरीको मृत्युको लागि तयार गरेका हुन् । झांगले छोरीलाई खेल्न, आराम गर्न र शान्तिको लागि यो खाल्डो बनाएको बताएका छन् ।
पछि डर नलागोस् भनेर खाल्डोसंग परिचित गर्नका लागि हरेक दिन लैजाने बताएका छन् । उनकी दुई वर्षकी छोरीलाई थैलेसीमिया रोग लागेको थियो । उनको उपचारमा १० लाख खर्च भइसकेको र शरीरमा हेमोग्लोबिनको कमी भएको पनि जनाइएको छ ।
अब मुश्किलले एक वर्षमात्र यो बच्ची बाच्न सक्ने डाकटरले भनेपछि यीनका बाबुले यस्तो काम गरेका हुन् । ती बच्चीको विस्तारै विस्तारै शरीरमा रगतको सेल्सले काम गर्न छाडिसकेको थाहा पाएपछि छोरीको पिडाले गर्दा उनका पिताले घरको नजिक खाल्डो खनेका थिए ।