शरीरको लागी निन्द्रा अपरिहार्य हुन्छ । तर धेरै मानिस पैसा कमाउनको लागी आफ्नो निन्द्रासंग सम्झौता गर्ने गरेका छन् । निन्द्रासंग पैसा साट्नुपर्ने धेरैको बाध्यता रहेको हुन्छ । तर यहाँ अलि फरक किसिमको निन्द्राको चर्चा भएको छ । यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ सरकारले सुत्नको लागि पैसा दिने बताइएको छ ।
जापान सरकारले यस्तो कदम उठाँएकाले कर्मचारीहरुलाई धेरै फाइदा पुगेको छ । यँहाका मानिसहरु दिनारात काम गर्छन । उनीहरुको निन्द्रापनि पुरा हुन पाउदैन जापान विश्वको तेश्रो ठुलो आर्थिक स्थिति बलियो भएको राष्ट्र हो ।
जापानमा काम रातदिन खटेर गर्नुपर्छ । अतिरिक्त काम गर्ने कर्मचारीको लागि पनि सरकारले नै व्यवस्था गरेको हुन्छ । केही समय पहिला त्यँहा काम गर्नेहरुमा निन्द्राको कारण स्वास्थ बिग्रिएको थियो । यहाँको सरकारको कर्मचारीको आरामको लागी कुनै कानुन अहिलेसम्म बनेको छैन । यो समस्यालाई लिएर सरकार आफैले १७ सय कम्पनिमा सर्वे गरेको थियो । जम्मा दुई कम्पनिले मात्र दिनहुँ आरामको लागी समय छुट्टाएको भेटिएको थियो ।
यो समस्याको समाधानको लागी सरकारले नै २२ करोड छुट्टाएको छ , यो रकम सानो र मध्यम स्तरको कम्पनिमा आरामको लागि न्युनतम समय बढाउनको लागि तोकिएको छ ।
यो कार्यक्रमको लागी हरेक कम्पनिलाई सरकारले ३० लाख दिने प्रावधान राखेको छ । यसका लागी कर्मचारीलाई नियम, तालिम र सफ्टवेयरमा अपडेट गराउन थालिएको छ । यो कार्यक्रमबाट कर्मचारीलाई आराम मिल्ने आशा गरिएको छ ।