विवाह गरेको सात वर्षमा थाहा भयो की ती दुलाहा त आफ्नै भाई पो रहेछन् । यो घटना ब्राजिलकोे हो । ३९ वर्षिया एड्रियानाको साथमा यस्तो अनौठो घटना घटेको छ ।
एड्रियानालाई बच्चा हुदाँ नै आमाले छोडिदिएकी थिइन् । उनले एक रेडियो कार्यक्रमबाट आफ्नो नातेदार भेटिएका थिए । उक्त कार्यक्रमबाट विस्तारै विस्तारै आफ्नो पुरानो नातेदार भेटिदै जाँदा उनका आफ्नै भाइ पनि भेटिएका थिए ।
उनले आफ्नो साथीसँग विवाह गरेकी थिइन् । उनीहरुको एउटा बच्चा पनि भइसकेको जनाइएको छ । उनीहरुमा विस्तारै विस्तारै झगडा हुन थालेको थियो । यी दुईको विवाह भएकोे सात वर्षपछि सम्बन्ध विच्छेद भयो ।
एड्रियानाले भाई आठ वर्षको हुँदा छोडेर गएकी थिइन् । जब उनीहरु दुवैलाई आफुहरु आफ्नै दुईभाई भएको जानकारी पाउँदा सहन धेरै ग्राहो भएको जनाइएको छ ।